खेलकुद

साफ च्याम्पियनसिपमा कुवेत खेल्ने

काठमाडौं । भारतमा आयोजना साफ च्याम्पियनसिप फुटबलमा कुवेतले सहभागिता जनाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने जानकारी दिएको हो ।

१४औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बह्र्त्को बेंगलुरुमा हुदैछ ।

यस अघि बंगलादेशले आयोजना गर्ने भनिएको भएपनि बंगलादेशले आयोजना गर्न नसक्ने बताएपछि भारतले आयोजना गर्न लागेको हो ।

यस संस्करणमा फिफाको प्रतिबन्धको कारण श्रीलंकाले खेल्ने छैन् ।

माल्दिभ्समा आयोजना भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।

योसँगै यस संस्करणमा आयोजक भारत, नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र कुवेत गरि ७ देशले साफ च्याम्पियनसिप खेल्ने भएका छन् ।

अहिलेसम्म भारतले सबैभन्दा बढी ८ पटक यो उपाधि जितेको छ भने माल्दिभ्सले २ र बंगलादेशले एक पटक यो उपाधि जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *