खेलकुद

सातदोबाटोमाथि हिमालयन शेर्पाको जित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

बुधबार च्यासल मैदानमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

हिमालयनको जितमा खेलको ६५औं मिनेटमा खामिर गिल्सनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी लिगमा हिमालयन शेर्पाको यो चौंथो जित हो । यो जितपछि हिमालयन शेर्पाको १४ खेलमा १७ अंक जोडेको छ र हिमालयन आठौं स्थानमा उक्लिएको छ ।

त्यस्तै यस हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । जारी लिगमा सातदोबाटोको यो चौंथो हार हो । सातदोबाटो १४ खेलमा २२ अंक रहेको छ र लिगमा चौंथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *