काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा १३१ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १२५ रन मात्र बनाएपछि खेल दिल्लीले ५ रनले जितेको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले अविजित ५९ रन बनाए भने अभिनव मनोहरले २६ र राहुल तेबातियाले २० रन बनाएका थिए ।
त्यस्तै दिल्लीका बलर इशान्त शर्मा र खलिल अहमदले २-२ विकेट लिए भने एनरीच नोर्त्जे र कुलदीप यादवले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।
दिल्लीका लागि अमन हाकिम खानले सर्बाधिक ५१ रन बनाए भने अक्सर पटेलले २७ रन बनाएका थिए । त्यस्तै रिपल पटेलले २३ र प्रियम गर्गले १० रन बनाए ।
त्यसैगरी गुजरातका बलर मोहमद सामीलले सर्बाधिक ४ विकेट लिए भने मोहित शर्माले २ र राशिद खानले एक विकेट लिए ।
यो जितपछि जारी आइपिएलमा दिल्लीले तेस्रो जित हासिल गरेको छ । दिल्लीको ९ खेलमा ६ अंक भएको छ र अंक तालिकामा अझै पुछारमा रहेको छ । त्यस्तै गुजरातको भने ९ खेलमा १२ अंक छ र अहिले पनि शिर्ष स्थानमा कायम रहेको छ ।




