खेलकुद

युएईविरुद्ध गुलशन झाको अर्धशतक

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपाली ब्याट्सम्यान गुलशन झाले अर्धशतक पुरा गरेका छन् । गुलशनले नेपाल संकटमा रहेको बेला उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । गुलशनले ७५ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा यो उनको दोस्रो अर्धशतक हो ।

अहिले भिम सार्कीले ३० रन बनाएर खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *