खेलकुद

नेपाललाई सातौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले सातौं विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले ५ रन बनाएर खेलिरहेका आयान अफजल खानलाई आउट गरेका हुन् ।

यस अघि युएईका ब्याट्सम्यान बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

अहिले आसिफ खान ४४ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै आजको खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजबंशी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *