नयाँ दिल्ली । भारतको लुधियानामा आइतबार ग्यास लिक हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।
आइतबार बिहान ७: १५ बजे ग्यारसपुरास्थित भवनमा दुर्घटना भएको हो । सो ग्यास लिक भएपछि ११ जना बेहोस भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ग्यास लिक भएको भवनको ३०० मिटर भित्र मानिसहरु बेहोस भइरहेका छन् । कुन ग्यास चुहावट भयो र यसको कारण के हो भन्ने जानकारी आउन सकेको छैन ।
मुख्यमन्त्री भागवत मानले ग्यास चुहावटको घटना निकै पीडादायी रहेको बताउदै प्रहरी, प्रशासन र एनडीआरएफ टोली घटनास्थलमा उपस्थित रहेको बताएका छन् ।




