समाचार

सुडान युद्ध सिरिया र लिबिया भन्दा खतरनाक हुनसक्ने चेतावनी

काठमाडौँ । उत्तर–पूर्वी अफ्रिकी मुलुक सुडानमा विगत १५ दिनदेखि (१५ अप्रिलयता) द्वन्द्व चर्किरहेको छ । त्यहाँको सेना र अर्धसैनिक समुहबीच युद्ध चलिरहेको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ५२८ जनाभन्दा बढीको हत्या भइसकेको छ । ४ हजार ५९९ घाइते छन् । तीन दिनको युद्धबिरामपछि त्यहाँ पुनः बिहीबारदेखि युद्धबिराम थपिएको छ । तर युद्धबिराम पनि पूर्ण रूपमा लागू भने हुन सकेको छैन ।

युद्ध लम्बिँदै गए त्यहाँको अवस्था सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी पूर्व प्रधानमन्त्री अबदुल्ला हमडोकले दिएका छन् । युद्ध जारी रहे विश्वका लागि त्यो दुःस्वप्न साबित हुने उनले बताएका छन् । केन्याको राजधानी नैरोबीमा आयोजित एक सम्मेलनमा बोल्दै उनले दुई पक्षबीच शान्ति वार्ता गराउन उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरे ।

‘यो सेना र सानो विद्रोही समूहबीचको लडाइँ होइन, यो दुई सैनिकबीचको लडाइँ हो र दुवै पक्षसँग आधुनिक हतियार तथा राम्रो प्रशिक्षण छ’,उनले भने, ‘मलाई लाग्छ यसलाई नरोके विश्वका लागि यो एक दुःस्वप्न हुनेछ । हमडोक सन् २०१९ देखि २०२२ सम्म सुडानको प्रधानमन्त्री थिए । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *