खेलकुद

दिल्लीमाथि हैदराबादको ९ रनको जित

दिल्ली । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ।

दिल्लीस्थित अरुन जेट्ली स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा एक सय ९७ रन बनाएको थियो ।

ओपनर अभिषेक शर्माले ६७ रनको पारी खेल्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । उनले ३६ बलमा १२ चौका र एक छक्का प्रहार गरे । सुरुवाती चार ब्याटरले कमजोर प्रदर्शन गरे । तर त्यसपछि आएका हेनरिक क्लासनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५३ रनको अविजित पारी खेले । उनले २७ बलमा दुई चौका र एक छक्का प्रहार गरे । अब्दुल समादले २८ तथा अकिल होसनले १६ रन जोडे । मिचेल मार्सले चार विकेट हात पारे ।

जवाफमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनायो । फिल साल्ट र मार्सले अर्धशतकीय पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । साल्टले ३५ बलमा ५९ रन बनाए । मार्सले ६३ रनको पारी खेले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *