काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा अहिले कुवेतले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा कुवेतले शुरुवाती तीन विकेट गुमाएको छ । कुवेतका अदनान इद्रिस शुन्य रनमा, प्रभिन्दर कुमार १ रनमा र मीट भाभ सर ५ रन बनाएर आउट भएका छन् । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका हुन् ।




