काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल ५७ रनको अर्धशतकीय पारी खेलेर आउट भएका छन् ।
यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको नेपालले त्यसपछि ३ रन बनाउदा तीन विकेट गुमाएको थियो ।
नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् भने भीम सार्की १ रन बनाएर आउट भएका छन् । त्यस्तै आसिफ सेख ३१ रन बनाएर आउट भएका छन् ।
अहिले कप्तान रोहित पौडेल ५१ रन बनाएर खेलिरहेका छन् भने भने उनलाई आरिफ शेखले साथ दिएका छन् ।
बर्षाले खेल प्रभावित भएपछि यो खेल ४२-४२ ओभरको हुने भएको छ ।




