काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत डोर्टमण्ड बोचुमसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा डोर्टमण्ड बोचुमसँग १-१ गोलको बराबरीमा रोकिएसँगै बायर्न म्युनिखले लिगमा फेरी शिर्ष स्थानमा उक्लिने अवसर पाएको छ ।
यस खेलमा बोचुमले खेलको पाँचौं मिनेटमा नै एन्थोनी लोसिलाको गोलमा शुरुवाती अग्रता लिएकोमा त्यसको दोस्रो मिनेटमा नै डोर्टमण्डका लगी करिम एडेयमीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवैले एक एक अंक बाडेका थिए ।
यो बराबरीपछि डोर्टमण्डको ३० खेलमा ६१ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको बायर्न म्युनिखको भने २९ खेलमा ५९ अंक छ । अब बायर्नले आफ्नो खेल जितेमा डोर्टमण्डलाई उछिनेर शिर्ष स्थानमा उक्लिने अवसर पाएको छ ।
त्यसति बोचुमको भने ३० खेलमा २८ अंक छ र लिगमा १५औं स्थानमा छ ।




