खेलकुद

एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन् ।

टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि घरेलु टिम नेपालले कुवेतको सामना गर्दै छ । त्यस्तै सोहि समयमा मुलपानी क्रिकेट मैदानमा ओमान र युएईबीच अर्को सेमिफाइनल खेल हुने भएको छ ।

समुह ए बाट नेपाल समुह विजेता हुदै र ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् भने समुह बि बाट युएई समुह विजेता र कुवेत उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब थिए भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए ।

समुह ए बाट मलेसिया, कतार, साउदी अरेबिया तथा समुह बि बाट हङकङ, सिंगापुर र बहराइन समुह चरणबाट बाहिरिएका थिए ।

यहि वैशाख ५ देखि शुरु भएको यस प्रतियोगिताको फाइनल खेल बैशाख १८ गते हुने छ । यस प्रतियोगिताको विजेता टोलीले एसिया कपको समुह ए मा रहेका भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

मुलपानीमा पहिलो एकदिवसीय खेल हुदै

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुने भएको छ । ओमान र युएईबीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने भएको हो ।

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुनेछ ।

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन् । तर आज एकदिवसीय मान्यताप्राप्त दुई टिम भिड्ने भएसँगै मैदानले पनि एकदिवसीय मान्यता पाउने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *