काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अर्को सेमिफाइनल खेलमा युएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४९.२ ओभरमा अल आउट हुदै २३६ रन बनाएको हो ।
युएईका लागि कप्तान मुहमद वासिमले सर्बाधिक ४८ रन बनाए भने रामिज शाहजादले ४६, असिफ खान र बसिल हमिदले ३४-३४ रन बनाए । त्यस्तै आर्यन लाक्राले २५रन बनाएका थिए ।
त्यसैगरी ओमानका बलर बिलाल खान र जिशान मक्सुदले ४-४ विकेट लिए भने आयान खानले २ विकेट लिए ।




