खेलकुद

चेन्नईलाई हराउदै राजस्थान शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले चेन्नईमाथि ३२ रनको शानदार जित हासिल गरेको हो ।

राजस्थानले दिएको २०३ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७० रन बनाएपछि खेल राजस्थानले जितेको थियो ।

चेन्नईका लागि शिवम दुवेले सर्बाधिक ५२ रन बनाए भने रुतुराज गायकवाडले ४७, मोइन अली र रविन्द्र जडेजाले २३-२३ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले १५ रन बनाए ।

त्यस्तै राजस्थानका बलर एडम जाम्पाले ३ विकेट लिए भने आर आश्विनले २ र कुलदिप यादवले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।

राजस्थानका लागि यजस्वी जैसवालले सर्बाधिक ७७ रन बनाए भने ध्रुव जुरेलले ३४ रन बनाएका थिए । त्यस्तै जोस बटलर र देवदत्त पाडिकलले २७-२७ रन बनाए भने कप्तान सन्जु सामसनले १७ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर तुषार देशपाण्डेले २ विकेट लिए भने महीश थीकशना र रविन्द्र जेडेजाले एक एक विकेट लिएका थिए ।

यो जितपछि जारी आइपिएलमा राजस्थान रोयल्सले ८ खेलमा ५ जितसहित १० अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नई सुपर किंग्सको ८ खेलमा ५ जितबाट १० अंक छ र अंक तालिकामा तेस्रो स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *