खेलकुद

बराबरीमा रोकिए फ्रेन्ड्स र एपीएफ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन् ।

विहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा सम्पन्न खेलमा फ्रेन्ड्स र एपीएफ १-१ गोलको बराबरीमा रोकिएका छन् । बराबरीसँगै दुवैले एक एक अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले बनाएको शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

खेलको २७औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए र फ्रेन्ड्सले एक अंक हासिल गरेको थियो ।

जारी लिगमा यो बराबरीपछि एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १०औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *