काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज टियु मैदानमा समुह ए का ओमान र साउदी अरेबियाबीच खेल हुदै छ । यो खेलको विजेता समुह ए बाट सेमिफाइनलमा पुग्ने हुनाले दुवै देशका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । अहिले समुह मा ओमानको ३ खेलमा ४ अंक छ र साउदी अरेबियाको ३ खेलमा ३ अंक रहेको छ ।
यस खेलको विजेता नेपालसँगै सेमिफाइनलमा पुग्ने छ भने हार बेहोर्ने देश बाहिरिने छ । नेपाल भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
त्यस्तै आज अर्को खेल मुलपानी क्रिकेट मैदानमा समुह बि का बहराइन र युएईबीच हुदै छ । सेमिफाइनलका लागि यी दुवै देशलाई पनि जित्नै पर्ने दबाब रहेको छ । यो खेल जितेमा युएई सिधै सेमिफाइनलमा पुग्ने छ भने बहराइनले जितेमा भने सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो विहिबार हुने हङकङ र कुवेतबीचको खेलपछि लाग्ने छ ।
हाल युएई ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने बहराइन ३ खेलमा ३ अंक सहित चौथो स्थानमा रहेको छ । त्यस्तै यस समुहमा हङकङको ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा छ भने कुवेतको ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै यस समुहमा रहेको सिंगापुर भने चारै खेल हारेर बाहिरीइसकेको छ ।




