खेलकुद

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौँ । एसीसी प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदै छ । आज मुलपानी क्रिकेट मैदानमा समुह ए मा रहेका मलेसिया र ओमानबीच खेल हुदै छ ।

मलेसियाले अहिलेसम्म खेलेका २ खेलमा एक जित हासिल गरेको छ भने एक हार बेहोरेको छ । त्यस्तै ओमानले पनि एक जित हासिल गरेको छ भने एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा समुह बि मा रहेका सिंगापुर र युएईबीच हुदै छ ।

जारी प्रतियोगितामा सिंगापुरले यसअघिका दुवै खेल हारेको छ भने युएईले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

दुवै खेल विहान ९ बजेदेखि शुरु हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *