खेलकुद

खुमलटारले मनाङलाई हरायो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरेका थिए । त्यस्तै मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काएका थिए ।

खेलको ६१औं मिनेटमा कुडोले पेनाल्टी मिस गरेपछि मनाङले हार बेहोरेको थियो ।

यो जितपछि खुमलटारको ११ खेलमा १३ अंक भएको छ । त्यस्तै मनाङको भने जारी सिजनमा यो चौथो हार हो । यो खेलपछि मनाङको ११ खेलमा १५ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *