काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत साउदी अरेबियाले कतारलाई ७ विकेटले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारले दिएको २१७ रनको लक्ष्य पछाएको साउदी अरेबियाले ३४.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
साउदी अरेबियाको जितमा अब्दुल वाहीदले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै वकार उल हसनले ५५ रन बनाएका थिए भने कप्तान हिशाम शेखले अविजित २१ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कतारले ४९.५ ओभरमा अल आउट हुदै २१६ रन बनाएको थियो ।
यो जितपछि समुह ए मा रहेको साउदी अरेबियाको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ । त्यस्तै कतारले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।




