खेलकुद

शतक बनाएर आउट भए कुशल मल्ल, नेपालले सातौं विकेट गुमायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालले सातौं विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल मल्लले आक्रामक १०८ रनको शतकीय पारी खेलेर आउट भएका छन् ।

अहिले सोमपाल कामी र सन्दीप लामिछाने खेलिरहेका छन् ।

यसअघि ब्याट्सम्यान आरिफ शेख २९, दिपेन्द्र सिंह ऐरी ७, भीम सार्की ३३ र कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए भने दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *