खेलकुद

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराती जयपुरमा सम्पन्न खेलमा लखनउले राजस्थानलाई १० रनले पराजति गरेको हो ।

लखनउले दिएको १५५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १४४ रन मात्र बनाएपछि खेल १० रनले हारेको थियो ।

राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ४४ रन बनाए भने जस बटलरले ४० रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले २६ र रियाँ परागले १५ रन बनाएका थिए ।

त्यसैगरी लखनउका बलर आभेस खाँले ३ र मार्कस स्टोइनिसले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

लखनउका लागि कील मायर्सले सर्बाधिक ५१ रन बनाए भने कप्तान केएल राहुलले ३९ रन बनाए । त्यस्तै निकोलस पुरनले २९ र मार्कस स्टोइनिसले २१ रन बनाए ।

त्यसैगरी राजस्थानका बलर आर आश्विनले २ विकेट लिए भने जासन होल्डर, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यो जितपछि लखनउको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै ६ खेलमा ८ अंक नै रहेको राजस्थान रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *