खेलकुद

एपीएफसँग हार्यो मछिन्द्र

काठमाडौँ शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।

बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले मछिन्द्र क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा खेलको नवौं मिनेटमा अर्मान्ड बीडोउमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एपीएफको १० खेलमा १४ अंक भएको छ भने मछिन्द्रको १० खेलमा १३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *