खेलकुद

ए डिभिजन लिगमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० ले हरायाे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई फराकिलो अन्तरले हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० गोलले हरायो । फ्रेन्ड्सका लागि राफिक अमिनुले दुई तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक/एक गोल गरे ।

याे जितसँगै नाै खेलमा आठ अङ्क जोडेर फ्रेन्ड्स तालिकाकाे १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा नाै अङ्कसहित ११ औँ स्थानमा छ ।

यस्तै आजै ललितपुरकाे च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । थ्री स्टार नाै खेलमा १५ अङ्कसहित छैटाैँ र १५ अङ्क नै भएको चर्च ब्वाइज तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *