विश्व

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६,युपीमा ४,दिल्ली राजस्थानमा ३-३,महाराष्ट्रमा २,बिहार छत्तीसगढ,हिमाचल प्रदेश,झारखण्ड,केरल तथा तमिलनाडुमा १/१ जना रहेका छन्।

सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ। पछिल्‍लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भएका छन्।

आइतबार १० हजार ९३ जना नयाँ संक्रमित थपिएका थिए भने कोरोनाबाट २३ जनाले ज्यान गुमाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *