काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिडले चेल्सीलाई पराजित गरेको छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा करिम बेन्जमा र मार्को असेन्सियोले एक एक गोल गरेका थिए ।
त्यसैगरी खेलको ५९औं मिनेटमा चेल्सीको बेन चिलवेलले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियल म्याड्रिड सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १९ मा चेल्सीको घरेलु मैदानमा हुने छ ।




