खेलकुद

इस्तोरिल ओपेन टेनिसको उपाधि रुडलाई

लिस्बन । इस्तोरिल ओपन टेनिसको उपाधि कास्पर रुडले जितेका छन् । पोर्चुगलमा भएको फाइनलमा रुडले सर्वियाका मियोमिर केच्मानोभिचलाई सोझो सेटमा पराजित गरेका हुन् ।

शीर्ष वरियताका रुडले लामो समय देखिका साथी मियोमिरलाई पहिलो सेटमा ६–२ ले हराएका थिए । दोस्रो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो । तर हाल विश्व वरियताको पाँचौँ स्थानमा रहेका रुडले ७–६ ले आफ्नो पक्षमा पार्दै उपाधि हात पारे ।

सिजनको पहिलो उपाधि जित्ने क्रममा रुडले एक घन्टा ४८ मिनेट समय कोर्टमा बिताए । टुर लेभलमा रुडले जितेको यो दशौं उपाधि हो । यस्तै क्ले कोर्टमा रुडको उपाधि संख्या ९ पुगेको छ । यो जितसँगै रुडको वरीयतामा पनि सुधार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *