खेलकुद

रोनाल्डो र टालिस्काको दुई-दुई गोल

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अदालहलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल अदालहलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले २-२ गोल गरेका थिए । त्यस्तै आयम्यान याहयाले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २२ खेलमा ५२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल इत्तिहादभन्दा अल नासर एक अंकले पछाडी रहेको छ ।

त्यस्तै अल अदालहको भने २२ खेलमा १७ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *