काठमाडौँ । ईङलिश प्रिमियर लिग क्लब चेल्सीले आफ्ना प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।
शनिबार सम्पन्न खेलमा एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।
यस सिजनमा चेल्सीले बर्खास्त गरेका उनी दोस्रो प्रशिक्षक हुन् । यस अघि गत सेप्टेम्बरमा चेल्सीले तत्कालिन प्रशिक्षक थोमस टुचललाई बर्खास्त गरेको थियो । त्यसपछि पोटर चेल्सीको प्रशिक्षक बनेका थिए ।
पोटरलाई बर्खास्त गरेपछि चेल्सीले ब्रुनो साल्टरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
योसँगै चेल्सीले नयाँ प्रशिक्षकको खोजी शुरु गरेको छ । चेल्सीमा प्रशिक्षक बन्नेमा हालै बायर्न म्युनिखले बर्खास्त गरेका प्रशिक्षक जुलियन नागेल्सम्यान, मरुसियो पोचेट्टीनोको नाम चर्चामा रहेको छ ।
चेल्सी प्रिमियर लिगमा हाल २८ खेलमा १० जित, ८ बराबरी र १० खेलमा हार बेहोर्दै ३८ अंकसहित ११औं स्थानमा रहेको छ ।




