काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी लियोनसँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा लियोनले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लियोनको जितमा खेलको ५६औं मिनेटमा ब्राडली बार्कोलाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि लियोनको २९ खेलमा ४४ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
त्यस्तै पिएसजीको भने यस सिजनको लिगमा यो पाँचौं हार हो । २९ खेल खेलेको पिएसजीको ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।




