खेलकुद

प्रधानमन्त्री कपको फाइनल : नेपाल र लाओस १-१ को बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनलमा दुवै टिमबाट १–१ गोल भएको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका हुन् ।

अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको छ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *