काठमाडौँ । एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बिहिबार सम्पन्न फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५६ रनले पराजित गर्दै उपाधि जितेको हो ।
योसंगै एपीएफले लगातार तेस्रो पटक ललितपुर मेयर कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यस प्रतियोगितामा एपीएफ अपराजित रहदै उपाधि जितेको हो ।
एपीएफले दिएको १५५ रनको लक्ष्य पछाएको कोशी प्रदेश टिम २० ओभरमा ६ विकेट गुमाउदै १०० रन बनाएपछि एपीएफ ५४ रनले विजयी भएको हो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले २० ओभरमा एक विकेट गुमाउदै १५४ रन बनाएको थियो ।
एपीएफका लागि कप्तान सिताराना मगरले अविजित ७९ रन बनाएकी थिइन् भने इन्दु बर्माले अविजित ५१ रन बनाएकी थिइन् । दुवैले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए । त्यस्तै एपीएफकी ज्योति पाण्डे २ रन बनाएर आउट भएकी थिइन् । उनलाई कोशीकी अलिशा खडीयाले आउट गरेकी थिइन् ।



