काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन खेलमा फ्रान्सले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितमा खेलको ५०औं मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
योसँगै समुह बि मा रहेको फ्रान्सको २ खेलमा ६ अंक भएको छ ।
यसै समुहमा रहेको नेदरल्याण्डसले आफ्नो पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको नेदरल्याण्डस दोस्रो खेलमा गिब्राल्टरलाई ३-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।




