खेलकुद

अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया कोलम्बियासँग बराबरीमा

काठमाडौं। अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ ।

दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो ।

घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारेकासमेत थिए ।

तर दोस्रो हाफको सुरुवाती ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए । त्यसको तीन मिनेटपछि फेरी जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *