खेलकुद

अर्जेन्टिनाले पानामालाई हरायो

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

विश्वकप जितेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो ।

यस खेलमा थियागो अल्माडा र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्माडाले खेलको ७८औं मिनेट र मेसीले खेलको ८९औँ मिनेटमा गोल गरेका थिए । मेसीले यस खेलमा गोल गरेसँगै उनले क्लब र देश गरि आफ्नो क्यारियरमा ८०० गोल पुरा गरेका छन् ।

अब अर्जेन्टिनाले अर्को खेल मार्च २८ मा कुराकाओसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *