खेलकुद

प्रधानमन्त्री प्रचण्डद्धारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी बन्दै विश्वकप क्वालिफायर खेल्न पाउने बनेकोमा बधाई दिएका छन् । ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा युएईविरुद्धको खेलमा विजयी बनेपछि प्रधानमन्त्री प्रचण्डले नेपाली टीमलाई बधाई दिएका हुन् । लीगमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका हुन् ।

‘आइसिसी क्रिकेट विश्वकप लिग(२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *