काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका मध्यक्रमका ब्याट्सम्यान भीम सार्की ६७ रन बनाएर आउट भएका छन् । उनले पाँचौ विकेटका लागि आरिफ सेखसँग ८३ रनको साझेदारी गरेका थिए ।




