समाचार

युएईका ब्याटरसामु सन्दीप र सोमपाल फिक्का, सावित भए महँगा

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा संयुक्त अरब इमिरेट्सका ब्याटरअघि नेपालका बलर फिक्का देखिएका छन् । ४७ ओभर सकिँदा युएईले २५५ रन कटाएको छ ।

नेपालले पाँच विकेट झारे पनि भृत्या अरविन्द र आसिफ खानको जोडीले नेपालका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामीलाई चुट्न चुटेका छन् । आजको खेलमा सन्दीप र सोमपाल दुवै महँगा बलर सावित भएका छन् ।

सन्दीपले एक विकेट लिए पनि नौ ओभरमा ५२ रन दिएका छन् । सोमपालले एक विकेट पनि झार्न सकेका छैनन् । उनले आठ ओभरमा ६२ रन दिएका छन् । नेपालका लागि ४६औं ओभर निकै महँगो बन्यो । सोमपालले खेलेको सो ओभरमा युएईले २० रन बनाउन सफल भयो ।

युएईका अरविन्द ९२ र आसिफ खान ५२ रनमा खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *