काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज युएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पीएजीले युएईलाई २३५ रनको लक्ष्य दिएको छ । युएईले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।
युएईका कप्तान महोम्मद वासिमले शतक प्रहार गरेका छन् । उनले ६३ बलमा शतक प्रहार गरेका हुन् । उनको यो पहिलो शतक हो ।




