काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्डस् क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । मगंलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्डस् क्लबले जावालखेललाई २–० गोल अन्तरवले पराजित गरेको हो ।
फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक–एक गोल गरे । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।
यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ ।




