खेलकुद

फुलह्याममाथि आर्सनलको सहज जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले फुलह्यामलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा आर्सनलले फुल्ह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल मागालहाएज, गाब्रियल मार्टिनेज र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।

आर्सनलका तिनै गोल लीनड्रो ट्रोसार्डले असिस्ट गरेका थिए ।

यो जितपछि आर्सनलको २७ खेलमा ६६ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले अगाडी रहेको छ ।

त्यसैगरी फुलह्यामको २७ खेलमा ३९ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *