खेलकुद

नेपाल र पीएनजी भिड्दै

काठमाडौं ।आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार विहान साढे ९ बजे सुरु हुनेछ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ। पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ। आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ।

लिग टूको अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो। आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको थियो।

नेपाल ३४ खेलबाट ३६ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। अबका दुई खेल जिते नेपाल शीर्ष तीनमा रहँदै सिधै एकदिवशीय विश्वकपको ग्लोबल छनोट खेल्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *