काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा युएईले ९ विकेट गुमाएको छ ।
नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै युएईको ब्याटिंग लाइनध्वस्त बनाएका छन् ।
नेपाली बलर ललित राजबंशीले ५ विकेट लिएका छन् भने सन्दीप लामिछानेले २ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिएका छन् ।




