खेलकुद

पपुवा न्युगिनीले युएईलाई हरायो

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएई पपुवा न्युगिनीसँग पराजित भएको छ ।

आइतबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा पपुवा न्युगिनीले युएईलाई ५ विकेटले हराएको हो ।

युएईले २६.२ ओभरमा अलआउट हुँदै दिएको ९६ रनको लक्ष्य पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । युएईको पराजयसँगै नेपाललाई फाइदा पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *