काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनी (पिएनजी) सँगको त्रिकोणीय सिरिजमा आज पहिलो खेल खेलिरहेको छ ।
नेपालले अहिले पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ५६ रन बनाएर आउट भएका छन् ।
यस अघि आसिफ सेखले ४४, ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट भएका थिए ।
अहिले कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले २२ ओभरमा ३ विकेट गुमाएर ११४ रन बनाएको छ ।




