समाचार

म्यानचेस्टर युनाईटेडले जित्यो काराबाओ कपको उपाधि

काठमाडौँ । म्यानचेस्टर युनाईटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा गएराति न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि चुमेको हो ।

खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए भने ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गर्दा युनाईटेड २-० ले विजयी भयो ।

एरिक टेन हानको नेतृत्वमा पहिलो उपाधि जित्दा युनाईटेडले छैटौं पटक कारबाओ कपको उपाधि जितेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *