समाचार

त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपालमा

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियासम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन २ गते देखि सुरु हुने सिरिजका लागि स्कटल्यान्डको टोली आज नेपाल आएको हो ।

स्कटल्यान्डको टोलीले भोलिदेखि मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल सुरु गर्ने भएको छ ।

लिग २ को सिरिज अन्तर्गत स्कटल्यान्डको यो अन्तिम लिग रहेको छ ।
अहिलेसम्म स्कटल्यान्डले ३२ खेलमा २२ मा जित हासिदल गरेको छ भने ८ मा हार भोग्दै ४६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको स्क्याटलेन्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।

लिगका २४ खेल खेलेको नेपालले मात्र ८ खेलमा जित र १४ खेलमा हार भोग्दै १८ अंकमा छैटौं स्थानमा छ।

३० खेल खेलेको नामिबियाले १८ खेलमा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। नामिबियाको टोली भने दुई दिनपछि नेपाल आउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *