समाचार

लिड्स युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटे लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेड २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कश राशफोर्ड र जाडोन सान्चोले एक एक गोल गरेका थिए ।

त्यस्तै लिड्सका लागि विलफ्राइड ग्नोन्टोले एक गोल गरेका थिए भने एक गोल म्यानचेस्टर युनाइटेडका राफेल भरानेले आत्मघाती गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ४३ अंक भएको छ र लिगको तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै लिड्स युनाइटेडको यो बराबरीपछि २१ खेलमा १९ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *