खेलकुद

इन्टर मिलानले जित्यो इटालियन सुपर कप

काठमाडौँ । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा इन्टर मिलानले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को, एडिन डिजेको र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यो सहित इन्टर मिलानले अहिलेसम्म सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको छ । इन्टर मिलानले लगातार दोस्रो पटक सुपर कपको उपाधि जितेको हो ।

अहिलेसम्म युभेन्टसले सबैभन्दा बढी ९ पटक सुपर कपको उपाधि जितेको छ भने एसी मिलानले पनि ७ पटक यो उपाधि जितिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *