काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लब अल नासरमा भव्य स्वागत गरिएको छ ।
अल नासरले रियादस्थित मरसूल पार्क स्टेडियममा २५ हजारभन्दा बढी फ्यानहरुको अगाडी रोनाल्डोलाई भित्र्याएको आधिकारीक घोषणा गरेको हो ।
त्यसअघि रोनाल्डोले पत्रकार सम्मेलन गर्दै आफु अल नासरमा आउदा खुशी रहेको बताए । उनले आफुलाई अस्ट्रेलिया, अमेरिका र युरोपकै विभिन्न क्लब रहेको भन्दै आफुले चुनौती स्वीकार गरेर एशियामा आएको बताएका थिए ।
.jpg)
रोनाल्डोले भने- ‘म नयाँ चुनौती स्वीकार गरेर एशिया आएको हुँ । म अल नासरप्रति कृतज्ञ छु की मलाई यो अवसर दियो । मैले साउदी अरबको फुटबल मात्र होइन नयाँ पिढीलाई सबै क्षेत्रमा प्रेरित गर्न चाहन्छु । म नयाँ पिढीको सोचलाई परिवर्तन गर्न चाहन्छु ।’
.jpg)
पत्रकार सम्मेलनपछि रोनाल्डो स्टेडियममा आएका थिए । त्यसपछि रोनाल्डोलाई क्लबका अध्यक्षले खेलाडीहरुसँग परिचय गराएका थिए । उनी स्टेडियममा सपरिवार उपस्थित भएका थिए । स्टेडियममा उपस्थित फ्यानहरुलाई सम्बोधित गर्दै रोनाल्डोले भने- ‘म यहाँ आउदा निकै खुशी छु । मैले क्लबको सफलतामा सहयोग गर्ने छु र यहाँ मानिसहरुलाई खुशी बनाउने छु । साथै आफु पनि रमाउने छु र यस देशलाई अझ राम्रो बनाउन सहयोग गर्ने छु ।’
.jpg)
रोनाल्डोलाई अल नासरले बार्षिक पारिश्रमिक र विज्ञापन गरेर २०० मिलियन डलर दिने सम्झौता गरेको छ । रोनाल्डो अल नासरमा साढे २ बर्ष रहने छन् ।
साउदी अरबले रोनाल्डोलाई २०३० को विश्वकप दाबेदार गर्ने प्रमुख चेहेरा समेत बनाउन सक्ने विश्लेषण गरिएको छ ।
.jpg)
.jpg)






