समाचार

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाका ११० समानुपातिक सांसद निर्वाचित भएको घोषणा (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका ११० समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको छ ।

आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदहरको सूची सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको हो । जसअनुसार नेकपा एमालेबाट ३४ समानुपातिक सांसद निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट ३२, माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ जना निर्वाचित भएको आयोगले जनाएको छ । राप्रपाबाट ७, जसपा र जनमत पार्टीबाट ५–५ जना समानुपातिक सांसद निर्वाचित भएकोे आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा कम्तिमा १ सिट प्रत्यक्षमा जितेर ३ प्रतिशतको थ्रेस होल्ड कटाउने ७ दलका ११० जना सांसदको सूची आयोगले सार्वजनिक गरेको हो । बिहिबार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकाहरुको विवरण राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ ।

[pdfjs-viewer attachment_id=291731 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/12/समानुपातिक-निर्वाचन-प्रणाली-निर्वाचित-विवरण.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/12/समानुपातिक-निर्वाचन-प्रणाली-निर्वाचित-विवरण.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *